त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको थाई लायनको जहाज लखनउमा अवतरण, किन भयो डाइभर्ट ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ लाइन एयरवेजको विमान लखनउ डाइभर्ट भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उडान नम्बर ‘टीएलएम २२०’ को उक्त विमान आइतबार अपराह्न अवतरण हुन नसकेपछि डाइभर्ट गरिएको हो । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘मिसअप्रोच’का कारण डाइभर्ट गरिएको हो ।
‘ल्यान्ड गर्न विमानस्थलमा धेरै प्राविधिक कुरा मिल्नुपर्छ, त्यसमध्ये एउटा पनि मिलेन भने यसलाई मिसअग्रोच भनिन्छ,’ शेर्पाले भने, ‘यस्तो अवस्थामा ल्यान्ड गर्न सकिँदैन, त्यसैले लखनउ पठाइएको हो । अब कहिले आउने वा आउने कि नआउने भन्ने निर्णय भइसकेको छैन ।’
वि.सं.२०८२ असोज २६ आइतवार १७:०१
















