दुर्गा विसर्जनका क्रममा झडप : ओडिशाको कटकमा कर्फ्यु
नयाँ दिल्ली । भारतको ओडिशा राज्यको कटकमा दुर्गा पूजाको पन्डालमा मूर्ति विसर्जनको क्रममा भएको हिंसात्मक झडपपछि प्रशासनले ३६ घण्टाको कर्फ्यु लगाइएको छ । कर्फ्यु ६ अक्टोबरको राति १० बजेदेखि ७ अक्टोबरको बिहान १० बजेसम्म लागू हुने बताइएको छ ।
यस अवधिमा सबै व्यावसायिक प्रतिष्ठानहरू बन्द रहने बताइएको छ तर अस्पताल, विद्यालय र कलेजहरू खुला रहने अतिरिक्त प्रहरी आयुक्त नरसिंह भोलाले बताएका छन् । औषधि पसल, किराना पसल र पेट्रोल पम्पजस्ता आवश्यक सेवाहरू पनि खुला रहनेछन् ।
साथै, रणनीतिक स्थान र चौबाटोहरूमा र्यापिड एक्सन फोर्स, बीएसएफ, सीआरपीएफ र ओडिशा स्विफ्ट एक्सन फोर्सका आठ समूहहरूलाई पनि तैनाथ गरिएको छ ।
वि.सं.२०८२ असोज २० सोमवार १३:३५
















