View Point Long Banner Ad

दिल्लीमा बाबुरामले भने–नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन

 

१५ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् ।

भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएको स्पष्ट पारेका हुन् ।

 

अन्तर्वार्तामा भट्टराईले नेपालमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।’

‘नेपाल अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड भन्ने तीन नेताको चक्रमा फसेको छ। आर्थिक विकास निकै सुस्त भएको कारण युवाहरु निराश छन्। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले हामी नयाँ मोर्चा गठन गर्दैछौं,’ भट्टराईको भनाइ उद्धृत गर्दै द हिन्दूले लेखेको छ ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बढ्दो असन्तुष्टि सम्बोधन गर्न नयाँ राजनीतिक मोर्चा ल्याउने तयारी भइरहेको बताएका छन् । उनले नयाँ मोर्चाको प्रारम्भिक नाम ‘प्रगतिशील लोकतान्त्रिक मोर्चा’ वा ‘प्रगतिशील समाजवादी मोर्चा’ राखिएको जानकारी पनि दिए।

२०८४ सालमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न नयाँ समूहहरू यो मोर्चामा सहभागी हुने भट्टराईको जिकिर छ ।

भट्टराईले काठमाडौंमा हालै भएको राजतन्त्र पक्षधर प्रदर्शनले पर्याप्त राजनीतिक समर्थन नपाएको पनि बताए। ‘जनता ओली र देउवा सरकारप्रति असन्तुष्ट छन्, लोकतान्त्रिक प्रणालीप्रति होइनन्। त्यसैले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन,’ अन्तर्वार्तामा उनले भनेका छन् ।

भट्टराईले अहिलेको सरकारप्रति बढ्दो असन्तुष्टि हुँदाहुँदै पनि तत्काल सरकार परिवर्तनको सम्भावना न्यून रहेको बताए। ‘संसदमा कुनै दलको बहुमत छैन। अहिले परिवर्तन भए पनि गुणात्मक परिवर्तन नहुने सम्भावना छ, किनभने ओली र देउवा सरकारमा र प्रचण्ड विपक्षमा भएका सबै नेताहरू बदनाम भइसकेका छन्। त्यसैले हामी नयाँ विकल्पको खोजीमा मोर्चा निर्माण गर्दैछौं,’ उनले भने।

भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालको अहिलेको राजनीतिक समस्या मुख्यतः माओवादी आन्दोलनले आफ्नो पूर्ण एजेन्डा कार्यान्वयन गर्न नसक्नुको प्रतिफल हो।’

उनले अगाडि थपेका छन्, ‘नेपालमा क्रान्ति अपूर्ण रह्यो र अहिले देखिएको असन्तोष र आन्दोलनहरू त्यो अपूर्णताको पीडा हुन्, जसलाई पार गर्दै नयाँ परिवर्तनको बाटो खोल्नुपर्छ।’

भट्टराईले नयाँ मोर्चामा नयाँ सोच भएका मानिस समेटिने बताएका छन् । ‘ओली र प्रचण्ड उस्तै हुन्। माओवादी नेता रहेका प्रचण्ड पुरानो व्यवस्थामा समाहित भइसकेका छन्। त्यसैले हामी जस्ता नयाँ सोच भएका मानिसहरूले नयाँ मोर्चा बनाउन खोजिरहेका छौं,’ भट्टराईले अन्तर्वार्तामा भनेका छन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...