View Point Long Banner Ad

बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छु ः प्रचण्ड

 

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् ।

बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

 

‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौं । मैले आफूले पनि गल्ती गरें भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु,’ उनले भने, ‘केही गल्ती गरें भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरे ।

 

‘त्यसले आफू बिग्रिएको थाहा हुन्छ । तिनको आँशुले आफूलाई बदल्न मद्यत गर्छ । आफूलाई सच्याउन, आफ्नो वर्गतर्फ फर्किन सहयोग गर्छ ।

जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए,’ उनले थपे, ‘अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्मसमीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’

नेकपा माओवादी केन्द्रले बर्दियाको राजापुरमा सोमबार आयोजित गरेको जनसभा । तस्वीर स् प्रचण्डको सचिवालय ।
उनले केही महिनाअघिसम्म माओवादी पार्टी नुन खाएको कुकुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि संकल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता–कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।

‘माओवादी नुनखाएको कुखुराजस्तो भइसकेका थियौं । अहिले चोकचोकमा बसेर हामी भ्रष्टाचारविरोधी, सुशासनको पक्षधर भनेर खुल्ला बहस गर्न सक्ने अवस्था ल्याइएको छ । अब लगातार जनताको बीचमा गए दुई वर्षपछि २०८४ मा २०६४ को जस्तो अवस्था ल्याउन सकिन्छ,’ उनले भने ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...