View Point Long Banner Ad

मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार

१९ चैत, काठमाडौं । मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोली र प्रहरीबीच घम्साघम्सी हुँदा लुटिएको पेस्तोल जंगलमा भेटिएको छ ।

कैलाश गाउँपालिकाको ६ नम्बर वडाको दुम्सीखर्चको जंगलमा सोमबार दिउँसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप५४ पेस्तोल वडानम्बर १ को बोल्नेलेकको जंगलमा मंगलबार बिहान १० बजे भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुम्सीखर्कबाट बोल्नेलेक जंगलको बाटो धादिङको गजुरी जाने प्रयोग हुने उनले बताए ।

 

कैलाश गाउँपालिकाबाट लागुऔषध अफिम तस्करी भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङका र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा गएको डिएसपी अर्यालले बताए । जंगलमा तस्करीको टोलीसँग जम्का भेट हुँदा मुक्कामुक्कीको अवस्था भएको र उनीहरुले हवल्दार तामाङको साथबाट पेस्तो लुटेको उनले जानकारी दिए ।

मोटरसाइकलमा २ केजी अफिम बोकेर आएका २ जनाले थप १० जनाको समूह बोलाएको डिएसपी अर्यालले अनलाइनखबरलाई बताए । ‘मोटरसाइकलमा २ जना मात्रै आएछन् । प्रहरीलाई देखेपछि थप १० जना बोलाइएको रहेछ । जम्काभेट हुँदा तस्करीको टोली र प्रहरीबीच मुक्कामुक्की भएको थियो । पछि उनीहरुले पेस्तोल लुटेर भागेका थिए’, उनले भने ।

 

तस्कर टोलीको पहिचान हुन नसकेको अर्यालले जानकारी दिए । ‘उनीहरुको पहिचान हुन सकेको छैन् । खोजीकार्यका लागि प्रहरी परिचालन भएको छ’, उनले भने । डिएसपी अर्यालसहितको टोली सोमबार नै त्यसतर्फ पुगेको थियो । जिल्लाको प्रहरी टोली लागूऔषध कारोबारबारे सूचना संकलन गर्न कैलाश पुगेको उनी बताउँछन् ।

लागुऔषध तस्करीमा संलग्न रहेका आरोपितको खोजीमा डीएसपी अर्याल, इप्रका पालुङका प्रहरी निरीक्षक सविनबावु अर्याल, मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटा र धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुमन चापागाईंको टोली खटिएको थियो ।

मकवानपुरको कैलाश गाउँपालिकामा लागूऔषध गाँजा उत्पादन हुने गरेको छ । यहाँबाटै अफिम तस्करी हुने गरेको प्रहरीसँग सूचना छ । कैलाशमा यसअघि पनि प्रहरी र तस्कर समूहबीच घम्साघम्सी हुने गरेका थिए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...