View Point Long Banner Ad

पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान

१९ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको स्रोतले बतायो ।

 

‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’

पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

 

‘प्रोटोकल अनुसार नै जलेको शरीरको एक्सरे गर्नुपर्ने हुन्छ । जसले मृत्युको कारण पत्ता लगाउन सहयोग गर्छ,’ विभाग एक चिकित्सकले भने, ‘ हामीसँग भएको एक्सरे मेसिन बिग्रिएकाले समय लागेको हो । ’

यसैगरी रजकको मृत्यु गोली लागेको भएको भन्ने बाहिर हल्ला आएको त्यसले विवाद निम्ताउनेसक्ने भएकाले एक्सरे गर्न लागिएको ती चिकित्सक बताउँछन् ।

‘हवाइ दुर्घटनामा परेका मानिसको पनि एक्सरे गरेमात्रै शवको पोस्टमार्टम गर्ने गरिएको छ,’ ती चिकित्सक भन्छन्, ‘अर्को एक्सरे मेसिनका लागि निर्देशकज्यूसँग भनेका छौं । व्यवस्थापन भइरहेको होला ।’

गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुने ती चिकित्सकले बताए । ‘शरीर पुरै जलेको अवस्थामा छ । त्यसकारण गोली लागेको थियो, थिएन भने देख्न गाह्रो पर्छ । त्यसकारण पनि एक्सरे गर्न लागेका हौं,’ ती चिकित्सक भन्छन् ।

फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुनेबित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढ्ने ती चिकित्सकले जानकारी दिए ।

केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।

रजकसँगै पठाइएका सुरेश रजकको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...