View Point Long Banner Ad

तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार ः सभामुख घिमिरे

 

१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

 

यो सम्बधमा संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन पनि दलहरूलाई सभामुखले आग्रह गरे ।

सभामुख घिमिरेले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन पनि अपिल गरे ।

 

गत शुक्रबार राजावादीले काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका थिए । तर, प्रदर्शन नसकिँदै प्रदर्शनस्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्‍याए ।

निजी घरमा लगाइएको आगोमा जलेर एक जना पत्रकारको जलेर मृत्यु भयो । अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजानी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । सन्चो उद्योगमा आगजनी गरे ।

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरे । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जना भन्दा बढी घाइते भएका छन् ।

यी गतिविधिलाई सभामुख घिमिरेले लोकतन्त्रमाथिको प्रहार भनेका हुन् ।

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...