View Point Long Banner Ad

राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार

१८ चैत, काठमाडौं । भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।

भाटभटेनीले गरेको मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ । ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।

 

त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पौडेलले जानकारी दिए । फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।

चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ ।

 

लुटपाटमा संलग्न केही पक्राउ परेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...