View Point Long Banner Ad

तीन टाउकाले देश डुबाए ः डा. बाबुराम भट्टराई

६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् ।

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए ।

 

‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन्,’ उनले भने ।

भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गरे । संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले राजनीतिक अस्थिरताको चर्चा गरे । उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’

 

उनले तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेको र सरकारबाट बाहिरिने बित्तिकै जनतामा गएर सबै बिग्रियो, सबै सकियो भनेर रणभुल्ल पार्ने गरेको बताए । ‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख–शयल आयो भन्छन्,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘सरकार गएको भोलिपल्टैबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् । जनता रणभुल्लमा छन् ।’

उनले यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दावी गरे । ‘छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले बैद्यलाई उचाल्ने गरेका छन्,’ उनको भनाइ छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...