View Point Long Banner Ad

एकीकृत समाजवादीको निष्कर्ष ः व्यवस्था कमजोर पार्न विदेशी शक्ति हामीलाई घिसार्ने रणनीतिमा छन्

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशमा बढ्दो राजनीतिक अस्थिरता, कुशासन, र आर्थिक संकटका बीच सत्ता सञ्चालन गर्ने नेतृत्व झन् नालायक र अनुत्तरदायी बन्दै गएको आरोप लगाएको छ।

आज शुक्रबार विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै जनताका आधारभूत समस्याहरू समाधान गर्नुपर्ने सरकार स्वार्थी गठबन्धनको घेरामा अल्झिरहेको र राज्य झनै संयन्त्र निष्क्रिय बन्दै गएको उक्त पार्टीले आरोप लगाएको हो।

नेपाल निर्माणको बेलादेखि नै अनेकौँ आक्रमण भएको र त्यसको सामना गरिएको उनको भनाइ छ। भुसालले नेपाललाई विभाजन गर्नका लागि बाहिरका शक्तिहरू अहिले पनि सक्रिय रहेको बताए।

 

ुहामीलाई विभाजित नगरिकन बाहिरका शक्तिहरुले आफ्ना नाजायज स्थार्थ पूरा गर्न सक्दैनन्,ु उनले भने, ुनेपालले अँगालेका कुनै पनि राजनीतिक प्रणालीलाई कमजोर बनाउने र नाजायज सौदावाजीमा हामीलाई घिसार्ने उनीहरूको रणनीति आज पनि उत्तिकै सक्रिय छ।ु

त्यस्तै सत्तामा रहेका राजनीतिक दलको गठबन्धनले मुलुकमा थप आर्थिक समस्या थपेको एकीकृत समाजवादीले आरोप लगाएको छ।

ुसत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकका आर्थिक समस्या समाधान गर्न सक्दैन, राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टीलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थीरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्वहरूले त्यस असन्तुष्टीलाई उत्तेजक बनाउँदै जान्छन्। आज मुलकमा त्यही भैरहेको छ,ु पार्टी महासचिव घनश्याम भुसालले भने, ुसत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन्, सडक अराजक र पपुलिष्ट हुँदै छ। यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भैसकेको छ जसले सत्ताधारी गठबन्धनका नालायकीविरुद्ध आम जनतालाई सचेत र सङ्गठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् र अग्रगामी निकास देओस्।ु

देशमा बेरोजगारी, महँगी, भ्रष्टाचार, र सुशासनको अभाव चुलिँदै जाँदा सत्तासीन दलहरूले गम्भीर योजना ल्याउनेभन्दा कुर्सी जोगाउने खेलमा नै ध्यान केन्द्रित गरेको भुसालको आरोप छ। विगत १५ वर्षदेखि राजनीतिक परिवर्तनका नाममा देखिएको सत्ताको स्वार्थी समीकरणले आर्थिक सुधार र सामाजिक न्याय जस्ता मुद्दाहरू पछाडि परेको पनि उक्त पार्टीको ठहर छ।

अर्कोतर्फ, सरकारको असफलता र नालायकीको फाइदा उठाउँदै सडकमा अराजकता र अतिवादी नाराबाजीको प्रकोप बढ्दै गएको र विभिन्न समूहहरू आफ्नो स्वार्थअनुसार जनतालाई उत्तेजित पार्ने प्रयत्नमा लागिपरेको भन्दै भुसालले थपे( झन् ठूलो द्वन्द्व निम्त्याउने संकेत देखिएको छ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...