View Point Long Banner Ad

यो साता ८२ अंक घट्यो सेयर बजार, सबै सेक्टरमा गिरावट

 

१ चैत, काठमाडौं । यो साता सेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो ।

यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो ।

 

पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो । साताका लागि अन्तिम कारोबार दिन बुधबार १७।२८ अंक बढ्यो । कारोबार रकम केही घटेको छ ।

आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो ।

 

यो साता सबै सेक्टर घटेका छन् । चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन् । फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे ।

विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ । गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो ।

समग्रमा फागुन महिनाको कारोबार सकिएको छ । १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ । महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो । १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो । जुन अंक ९ भदौ यताकै उच्च हो ।

 

कस्तो रहला आगामी साताको बजार ?

लगातार ७ दिन बजार घटेर यो साता अन्तिम दिन बढ्यो । जसले बजार आगामी साता बढ्ने संकेत देखाएको छ । बढ्दो बजारमा करेक्सन पर्याप्त देखिएकाले आगामी साता बजारले वृद्धिको लय कायम राख्ने अनुमान छ ।

बजारलाई प्रभाव पार्ने आर्थिक सूचकहरू सबै सकारात्मक छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार उच्च विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजार अनुकूल छन् । यसले पनि बजार बढाउने आधार बलियो देखिएको छ ।

तर, विगत दुई साताका अधिकांश दिन बजार घटेकाले लगानीकर्तामा विश्वास अझै बढ्न सकेको छैन । त्यसैले बजार केही बढ्दा आगामी साताका सुरुवाती दिनलाई केहीले बिक्रीको मौकाका रूपमा लिन सक्नेछन् ।

त्यस्तो मौका लिनेको आपूर्ति माग पक्षले पचाउन सके बजार अर्को साता सहजै बढ्ने छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...