View Point Long Banner Ad

गोल्डन स्कोरमा सेनालाई हराउँदै आयोजकले उचाल्यो गोर्खाली रग्बी सेभेन्स

१७ फागुन, काठमाडौं । गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्यो।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डेन स्कोर गरेका हुन्।

 

जितसँगै विजेता टोलीले २ लाख रुपैयाँ जित्न सफल भएको छ। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक राशी हो। उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गर्यो।

गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए।

 

यसअघिको सेमिफाइनलनमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले पराजित गरेको थियो। उक्त खेलको निर्धारित समय पनि १२–१२ को स्कोरमा बराबरी हुन पुगेको थियो।

खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो। त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खाली रग्बी क्लबले सशस्त्र प्रहरी बलको एपीएफलाई २९–० स्कोरले सहजै पराजित गर्यो। एकतर्फी रुपमा टुंगिएको खेलमा गोर्खाली क्लब सुरुवातदेखि नै हावी देखिएको थियो। खेलमा एपीएफले कुनै अंक जोड्न सकेन।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...