View Point Long Banner Ad

राष्ट्रिय डोरी तान प्रतियोगिता स् पुरूष र महिला दुवैतर्फ पुलिस च्याम्पियन

 

१७ फागुन, काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरूष र महिला दुवै समूहको उपाधि नेपाल पुलिसले जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको फाइनलमा नेपाल पुलिसले नेपाली सेनाको टोलीलाई हराएको हो ।

पुरूषतर्फ फाइनल खेलमा नेपाल पुलिसले नेपाली सेनालाई २(१ को सेट अन्तरमा पराजित गरी तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको ६४० केजी तौल समूहको उपाधि जितेको हो ।

 

महिलातर्फ फाइनलमा नेपाल पुलिसको टिमले नेपाली सेनाको टिमलाई २(१ सेटमा पराजित गरी महिला ५८० केजी तौल समूहको उपाधि जितेको हो ।

प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेता पुरस्कार राशी रु एक लाख र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशी रु ६० हजार नेपाल पुलिसले प्राप्त गरेको छ भने दुवै समूहको उपविजेता नेपाली सेनाले पुरुष ६४० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु पचास हजार र महिला ५८० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु चालिस हजार प्राप्त गरेको छ ।

 

फागुन १६ गते सुरु भएको प्रतियोगितामा पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोली गरेर जम्मा दश टिमको सहभागिता रहेको थियो भने महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्विनी पाँच प्रदेश तथा तीन विभागीय टोली गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघ (टीडब्लुआइएफ) को नियमानुसार लिग फर्म्याटमा खेलाइएको डोरी तान टेक्निकल विभागका सदस्य तथा खेल नियन्त्रक ई। युवराज चौधरीले जानकारी दिए ।

नेपाल डोरी तान संघका अध्यक्ष भवानी प्रसाद पौडेलले सम्पूर्ण सहभागी टोलीहरू, आयोजक सदस्यहरू, टेक्निकल कमिटी र सहयोगीहरु सबैलाई धन्यवाद दिँदै सरकारको सहयोग पाएमा यो खेलले अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउने बताए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...