View Point Long Banner Ad

एकीकृत समाजवादीले अध्यादेशमा समर्थन गर्दैन ः उपाध्यक्ष खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याएर सरकारले गम्भीर कमजोरी गरेको बताए ।

‘संसद्लाई छल्ने, सार्वभौम सांसदको अधिकारलाई समाप्त गर्ने हो भने यो संसद् चाहिँ किन चाहियो ? यस कारण सरकारले गम्भीर कमजोरी गरेको छ,’– उनले भने ।

अध्यादेश ल्याएको सातरआठ दिनपछि संसद्को अधिवेशन बोलाइएको उनले स्मरण गराए । उनले अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको धारणा के हो भन्ने आफूले थाहा पाउन नसकेको बताए । उनले कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको बताए ।

‘अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको भनाइ के हो रु यसमा मैले सुन्नै पाएको छैन । प्रधानमन्त्री केपी ओलीजीले जबरजस्ती ल्याएर कांग्रेस लुरुलुरु हिँड्न बाध्य हुनुभएको हो कि रु कांग्रेसको समर्थनमा उहाँले विधेयक ल्याउनु भएको नि मलाई थाहा छैन,’– उनले भने ।

उनले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे । वर्तमान सरकार बनेको सात महिनाको अवधिमा देश र जनताको पक्षमा कुनै पनि गुणात्मक र परिमाणात्मक काम हुन नसकेको तर्फलक्षित गर्दै उनले कांग्रेस र एमालेसहितका दुई तिहाइ बहुमतको सिंहजस्तो सरकारले खाली झिँगा टिपेको जस्तोमात्रै कुरा गरिरहेको टिप्पणी गरे ।

‘यो सिंहजस्तो सरकार खाली सानो–सानो झिँगा टिपेकोजस्तो मात्रै कुराकानी गरिरहन्छ । के प्रगति गर्‍यो चाहिँ मलाई थाहा छैन,’– उनले भने ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...