View Point Long Banner Ad

खानेपानी तथा सरसफाई नियमावली राजपत्रमा आएपछि मन्त्रीले लिए सुझाव

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तीका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै जानकारी गराउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

उनले भने, ‘खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा यहीँ माघ १० गते प्रकाशित भइसकेको छ । सोही विषयमा जानकारी गराउन अन्तरक्रिया गरेका हौं । खानेपानी क्षेत्रमा चाँही काम गर्ने विभिन्न विकास साझेदारका प्रतिनिधिलार्इं बोलाएर जानकारी गराएका छौं । सन २०३० सम्म अधारभूत खानेपानी दिने सम्पूर्ण नगरिकलाई हाम्रो दायित्व पनि हो ।’

खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्रातिको लागि भावी नियमावली, २०८१ को कार्यदिशा यस्तो छ ः

१. नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकमा राखेको छ ।
२. वि.सं. २०७९ सालमा खानेपानी तथा सरसफाइ ऐन आइसकेपछि लामो समयपछि मिति २०८१ माघ १० गते सो को नियमावली पनि आइसकेको
३. नेपालको आर्थिक अवस्था पनि राम्रो नरहेको र खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको
४. सन् २०३० सम्ममा स्वच्छ खानेपानी तथा सरसफाइको सेवामा पहुंच पुर्याउने दीगो विकास लक्ष्य नं. ६ हासिल गर्ने कुरामा नेपाल धेरै पछाडि रहेको
५.आवधिक योजनाहरुले निर्धारण गरेको लक्ष्य कहिल्यै पुरा नहुने गरेको र आ.ब. २०८५–८६ सम्म पुरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पुरा गर्न ज्यादै चुनौतिपूर्ण देखिन्छ
६. क्षेत्रगत लक्ष्य पुरा गर्न आवश्यक बजेटको तुलनामा नेपाल सरकारबाट विनियोजित बजेट ज्यादै कम हुने गरेकोले दात्री निकाय, विकास साझेदार र गैर सरकारी क्षेत्रबाट आगामी दिनमा खानेपानी तथा सरसफाइमा अधिकतम लगानी हुन जरुरी रहेको
७. नेपाललाई खुला दिसामुक्त घोषणा गर्न तपाई हामी सबै जसरी हातेमालो गरेर गरेर वि.सं. २०७६ सालमा जसरी सफल पारेरै छोड्यौ, त्यसै गरी
८. गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइमा तपाईहरुको सहयोगको टड्कारो आवश्यकता छ ।
९. नेपाल सरकार यस अभियानको नेतृत्व गर्न तयार छ, ३ वटै तहको समन्वय र सहकार्यमा सबै नेपालीको घरघरमा स्वच्छ खानेपानीको धारा र सुरक्षित सरसफाइको पहुंच के कसरी पुर्याउन सकिन्छ, यहांहरुको उचित राय सुझाव तथा सहयोगको हामीले अपेक्षा गरेका छौ ।
१०. दीगो विकास लक्ष्य पुरा गर्नु तपाई हामी सबैको साझा दायित्व भएकोले यहांहरुले आजको १ दिने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनु हुनेछ भन्ने विश्वास लिएको छु ।
११. विशेष गरी विभिन्न विषयहरुमा तय गरिएको समुह कार्यहरुबाट यस क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ, सो कुरामा गहन छलफल होस् र यस क्षेत्रलाई प्रभावकारी बनाउन यहांहरुबाट अत्यन्त महत्वपूर्ण सुझाव उपलब्ध होस् भन्ने चाहन्छु ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...