View Point Long Banner Ad

एक अर्ब १९ करोड ठगीको अभियोग लागेका स्वर्णलक्ष्मी सहकारीको कर्जा र लेखा समिति सदस्य धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिनामा पक्राउ परेका दुई आरोपी धरौटीमा छुटेका छन् । कर्जा उपसमिति सदस्य कमल लामा तीन लाख र लेखा समितिकी पूर्वसदस्य सुनिता नेवा चार लाख धरौटीमा मंगलबार छुटेका हुन् । गत आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका दुईसहित ३९ विरुद्ध मुद्दा दायर गरेको थियो ।

नेवा र लामाविरुद्ध पनि एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँको एकमुस्ट बिगो कायम गरिएको थियो । दुई अर्ब ६५ करोड हिनामिना भए पनि पीडितहरूले दिएको जाहेरीलाई आधार बनाएर सोबराबरको रकम मागदाबी लिइएको थियो । नेवाले बयानका क्रममा ०७३र७४ देखि सहकारीका सञ्चालकहरू सहकारीको रकम हिनामिनामा जिम्मेवार रहेको बताएकी थिइन् । त्यसयता कांग्रेस सांसद माया राई दुईपटक सहकारीको सञ्चालक रहेकोमा उनलाई भने रहस्यमय रूपमा उन्मुक्ति दिइएको छ ।

सुरुमा प्रहरीले उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएकोमा पछि सोधपुछसमेत नगरी मुद्दा दायरको सिफारिस गरेको थियो । तर, सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा उनको नाम नै गायब पारेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...