View Point Long Banner Ad

वैदेशिक रोजगारीको प्रलोभनमा महिलालाई श्रीलंका पुर्‍याएर बन्धक, ७ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौं । वेदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४का मदुला मियाँ भनिने मुर्तुजा मियाँ पक्राउ परेका हुन् । काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीसहितका समुहले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव बेचबिखन ब्युरोले जाकारी दिएको हो।

क्यूरोका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा संघ(संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्। नेपाल फर्किएपछि उनले मियाँविरूद्ध जाहेरी दिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। मियाँले मासिक नेपाली २० देखि २२ हजारसम्म तलब पाइने भन्दै फकाए र कुवेतमा घरेलु कामदारको रूपमा लगाइदिने प्रलोभन पारेर २०७३ साल जेठ १५ गते सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्‍याए खुलेको छ ।

कोलम्बो पुगेपछि श्रीलंकन मुलका एक एजेन्टले ती महिलालाई जिम्मा लिए। उनले ठूलो संख्यामा महिलाहरूलाई ६८ दिनसम्म राहदानीलगायतका कागजात जफत गरी बन्धक बनाएर राखिएको पाइएको प्रहरीले जनाएको छ। कोलम्बोबाट २०७३ सालमै उद्धार गरिएकी ती महिलाले जाहेरी दिए पनि मियाँ फरार थिए। पक्राउ परेका मियाँलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...