View Point Long Banner Ad

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकलाई जापानको गन्तव्य खुला, कति हुन्छ तलब ?

काठमाडौं । वैदेशिक रोजगारीको लागि जापान जान नेपाली श्रमिकका लागि रोजगारीको ढोका खुलेको छ । जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेपछि जापानमा नेपाली श्रमिकका लागि ढोका खुल्ला भएको हो । वैदेशिक रोजगारीका लागि जापान नयाँ र आकर्षक गन्तव्यको रुपमा सुनिश्चित भएको हो ।

सन् २०१९ को एक सर्वेक्षणले जापानमा सन् २०३० सम्ममा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने प्रक्षेपण गरिएको थियो । सोही अभावलाई पूर्ति गर्न जापानले विशेष सीप भएका कामदार नेपालसहित चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, मंगोलियालगायत देशबाट आपूर्ति गर्ने नीति लिएको छ । जापानले सन् २०१९ को अप्रिलदेखि विशेष सीप भएका कामदार लिने नीति कार्यान्वयन गरेको हो ।कार्यविधि अभावमा नेपालबाट कामदार पठाउन ढिला भएपछि श्रम मन्त्रालयले अन्य देशको कार्यविधिअनुसार जापान पठाउने गरी नीतिगत व्यवस्था गरेको हो ।

जापानमा कामदार म्यानपावरबाटै लैजाने

सरकारीस्तरमा पहल भएपनि जापानमा रोजगारीका लागि नेपालस्थित म्यानपावर कम्पनीले पठाउने व्यवस्था गरिएको छ । यद्यपि, खाडी मुलुकमा कामदार पठाएको शैलीमा म्यानपावरले काम गर्न भने पाउने छैनन् । अहिले भाषा र सीप परीक्षणमा काम गरिरहेको जापान फाउन्डेसनसँग श्रम मन्त्रालयले विभिन्न तहमा उत्तीर्ण गरेको दक्ष म्यानपावरले समन्वय गरेर नेपाली कामदारलाई जापान पठाउन पाउनेछन् ।

जापान जान लाग्ने सबै शुल्क त्यहाँस्थित रोजगारदाता कम्पनीले नै व्यहोर्ने हुँदा नेपाली कामदारले सामान्य शुल्क मात्रै तिर्नुपर्नेछ । नेपालका म्यानपावर कम्पनीले जापानिज रोजगारदाता कम्पनीबाटै सेवा शुल्कबापतका रकम पाउनेछन् । भाषा र सीप परीक्षणका मापदण्डलगायत विषय जापान सरकारले तोके बमोजिम हुनेछ । १८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ । जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक लिने तयारी गरिरहेको थियो । पाँच वर्षअघि जापानको श्रम बजारमा नेपाली लैजाने विषयमा समझदारी भएपछि धेरै नेपाली युवाले तालिम र भाषा परीक्षा सिकेर बसेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...