View Point Long Banner Ad

शीर्ष स्थानमा उक्लिँदाको खुसी सुदूरपश्चिम रोयल्‍स

२६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) अपराजय रहेको जनकपुर बोल्टस्‌लाई सुदूरपश्चिम रोयल्‍सले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले पहिलो हार व्यहोर्‍यो ।

जितसँगै सुदूरपश्चिम बोल्ट्स अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १२४ रनको सामान्य लक्ष्य दिएको थियो । ५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । त्यसपछि सुदूरपश्चिमले लय फर्काउन सकेन । पूरा ओभर खेले पनि १२३ रनमा सीमित भयो ।

मैदानमा उपस्थित भएका सुदूरपश्चिमका समर्थकसमेत निराश बन्न पुगे ।

तर, जब लक्ष्य पछ्याउँदै जनकपुर ब्याटिङमा उत्रियो एकाएक सुदूरपश्चिमका समर्थक उत्साही बन्न पुगे । उठिसकेका दर्शक फेरि मैदानतिर सोझिए र आफ्नो टिमको पक्षमा हुटिङ गर्न थाले । किनकी सुरुआतबाटै सुदूरपश्चिमका बलरले सुरुआतबाटै विष्फोटक बलिङ गर्न थालेका थिए, सँगसँगै नाटकीय रुपमा जनकपुरको धमाधम विकेट झर्न थालेको थियो ।

 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरुले ब्याटिङमा कमजोरी गरेको स्वीकारे । ‘तर पनि त्यति पनि राम्रो स्कोर हो भनेर टिममा कुरा गरें, हामीले राम्रो गर्न सक्छौं भनें’ उनले खेलपछि भनेका छन् ।

जनकपुरलाई सस्तैमा समेटेर खेल जित्दा रंगशालामा उपस्थित हजारौं दर्शक चर्को हुटिङसहित साथ दिएका थिए । माहोलले खेल जितेका खेलाडीभन्दा समर्थक अझ बढी खुसी रहेको देखाउँथ्यो ।

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुईरदुई विकेट लिए । सैफ जैब र नरेन साउदले समान एकरएक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...