View Point Long Banner Ad

बुटवल लुम्बिनीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा

९ फागुन, काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग ९एनएसएल० को तेस्रो सिजनको लागि भुटानका पुष्प लाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्लबले शुक्रबार विज्ञप्तीमार्फत शर्मालाई प्रशिक्षकम नियुक्त गरिएको जानकारी दिएको हो ।

 

एएफसी प्रो(लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए । उनले भुटान फुटबल महासंघ तथा राष्ट्रिय टोलीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै कोचिङ, खेलाडी विकास, र रणनीतिक व्यवस्थापनमा अत्यधिक अनुभव आर्जन गरेका छन् ।

क्लबको दीर्घकालीन लक्ष्य अनुरूप प्रशिक्षक शर्माको आगमनले टोलीलाई अझ संगठित, प्रतिस्पर्धात्मक, र रणनीतिक रूपमा सबल बनाउने क्लबको विश्वास छ ।

 

उनको नेतृत्वमा क्लबले युवा खेलाडीहरूको प्रतिभा पहिचान, प्रशिक्षण संरचना सुधार, तथा खेलाडीहरूको दीर्घकालीन उन्नति सुनिश्चित गर्ने पनि क्लबले जनाएको छ ।

बुटवल लुम्बिनी फुटबल क्लबले आगामी सिजनका लागि महत्वपूर्ण खेलाडी अनुबन्धन पनि गरिसकेको छ । नेपाली राष्ट्रिय टोलीका स्टार मिडफिल्डर मनीष डाँगीलाई ‘मार्की प्लेयर’ का रूपमा अनुबन्ध गरेको बुटवल लुम्बिनीले अरिक बिस्ट, निराजन धामी र सरोज तामाङलाई रिटेन गरिसकेको छ ।

एनएसएलको तेस्रो सिजनका लागि खेलाडी अक्सन भोली शनिवार हुँदैछ ।

क्लब व्यवस्थापनले प्रशिक्षक शर्माको दृढ नेतृत्व, सामरिक क्षमता, र दीर्घकालीन दृष्टिकोण लाई आत्मसात गर्दै, बुटवल लुम्बिनी फुटबल क्लबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत बनाउने लक्ष्य राखेको छ ।

बूटवल लुम्बिनीले बुटवलमा टेक्निकल डिरेक्टर यम गगुरुङको नेतृत्वमा तीन स्थानमा यू(१२ देखिका एकेडमीहरु सञ्चालन गरिरहेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...