View Point Long Banner Ad

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

 

२९ माघ, काठमाडौं । काठमाडौंमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक‌ जानकारी दिएको हो ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

 

प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान फागुन १ गते तथा बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार तथा ६६ लाखमा ब्रोडकास्टिङ अधिकार बिक्री गरेको एन्फाले जनाएको छ ।

साधारणतर्फ १० हजार ५ सय टिकट मात्र बिक्री गरिने र ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ ५ सय तथा भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

यसपटक मैदानको व्यवस्थापन उत्कृष्ट तरिकाले गरिने ब्रान्ड लजिकका सीईओ रोशन निरौलाले जनाए । मैदानको वरपर सबै एलईडी‌ लाइटको पेरिमिटर बनाइनेछ भने मैदानबाटै प्रि–म्याच र पोस्ट–म्याच एनालाइसिस सहित अन्तर्राष्ट्रियस्तरको लाइभ ब्रोडकास्टिङ देखिने रोशनले जनाए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...