View Point Long Banner Ad

मुगु सामूहिक हत्या प्रकरण : अनुसन्धानमा खटिएका प्रहरी पुरस्कृत

मुगु । मुगु सामूहिक हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी परस्कृत भएका छन् । मुगुमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा अनुसन्धान गर्ने प्रहरी टोली र प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापालगायत अन्य प्रहरी कर्मचारीलाई सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयसहित १० जनालाई सम्मान गरेको हो ।

प्रहरी निरीक्षक प्रकाश सिंह कार्की, प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी, प्रहरी नायव निरीक्षक भानदेव जोसी, प्रहरी सहायक निरीक्षक देवेन्द्र चन्द, प्रहरी जवान दिपक बुढा, चन्द्र रावत, खेमबहादुर थापा, सुस्मिता हमाल र प्रहरी सहायक हवल्दार हस्तबहादुर बुढालाई जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले सम्मान गरेको जिल्ला समन्वय समिति मुगुले जनाएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्कीले सुक्ष्म ढंगबाट गई छिटोछरितो, शान्ति र स्थानीय जनतामैत्री भएर सामूहिक हत्याको अनुसन्धानमा खटिइ हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको भन्दै सम्मान गरिएको बताए । गत कात्तिक १० गते मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीया छोरी अप्सराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...