View Point Long Banner Ad

एकताको झल्को दिने राजावादीको सभा

 

१५ वैशाख, काठमाडौं । सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकठाउँ जम्मा भएका छन् ।

यसअघि दुई चिरामा विभाजन भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामो समयपछि एकै ठाउँ देखिएका छन् ।

 

उनीहरूले एउटै मञ्च सेयर गरे । अंकमाल गरे । र, पछिल्लो पटक बढ्दै गएको राजावादी आन्दोलनलाई समेत बल पुग्नेगरी एकताको सन्देश नै जारी गरे ।

दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्ने तर्क अघि सारेका छन् । दुवैलाई सभालाई सम्बोधन गर्दै एक हुनुको विकल्प अब नभएको पनि बताएका छन् ।

 

सँगसँगै गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको माहोल र १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनयता फरकफरक अभियानजस्तो चलाएका नेताहरू पनि एक ठाउँमा देखिएका छन् ।

शान्तिबाटिकामा आयोजित सभामा राप्रपाका नेताहरू धवलशमशेर राणा, महामन्त्री कुन्ति शाही लगायत पुगेका थिए ।

राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत पनि सभामा पुगेका थिए ।

उनीहरू सबैले एक भएर अघि बढ्ने संकल्प समेत गरेका छन् ।

 

 

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...