View Point Long Banner Ad

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा २५ दिनदेखि ताला

१२ चैत, काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ ।

उपप्राध्यापक पदमा बढुवाका लागि निकालेको विज्ञापन गैरकानुनी भएको दाबी गर्दै नेविसंघले १७ फागुनदेखि तालाबन्दी गरेको हो ।

 

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशप्रसाद दाहाल चैत २१ पछि अवकासमा जाँदेछन् । कार्यकालको अन्त्यमा उनले कर्मचारी र शिक्षक बढुवा गर्न खोजेका थिए ।

अधिकांश कर्मचारीको बढुवा भइसकेको छ । उपप्राध्यापक बढुवाका लागि फागुन १८ गते अन्तरवार्ताको मिति तोकिएको थियो । तर नेपाल विद्यार्थी संघले अघिल्लो दिन तालाबन्दी गरेपछि प्रक्रिया रोकिएको हो ।

 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक भट्टराईका अनुसार नयाँ कार्यविधि बनेपनि पुरानै कार्यविधि अनुसार बढुवा सूचना निकालेपछि ताला लगेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० अनुसार सञ्चालन हुन्छ । ऐनका आधारमा पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ जारी भएको छ ।

२०७८ मा बसेको विश्वविद्यालयको ३५औ सभाले विश्वविद्यालयको नियमावलीलाई संसोधन गरेको थियो ।

संशोधित नियमावली अनुरुप शिक्षक छनौट गर्नु पर्ने भएपनि सेवा आयोगले पुरानै पाँचौं सभाले बनाएको नियमावलीका आधारमा प्रक्रिया अघि बढाएको नेविसंघको दाबी छ । उपप्राध्यापकको विज्ञापन गैरकानुनी विज्ञापन सच्याउनुपर्ने विद्यार्थीको माग छ ।

भट्टराईका अनुसार संसोधित नियमावलीमा उप(प्राध्यापक पद सबै विज्ञापन खुला गर्नुपर्ने उल्लेख छ। ‘तर सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतियोगिता अन्तर्गत राखिएको छ,जुन कानुन सम्बत छैन,’ उनले भने।

तालाबन्दी अघि नेविसंघले संशोधित नियमावली अनुसार प्रक्रिया अघि बढाउन भनेको थियो। तर सेवा आयोगले पुरानै निमावलीका आधारमा प्रक्रीया अघि बढाएको थियो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...