View Point Long Banner Ad

वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौँ । डा.सन्तोष पौडेलले वीर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा आफूले विभिन्न सुधार गरेको भन्दै कार्यकारी निर्देशक पौडेलले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

२०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ्(न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले बिहान साढे ८ बजेबाट ओपीडी सञ्चालन गरिएको, फार्मेसी सेवाको टेन्डरलाई नयाँ ढंगले व्यवस्थित गरेको जिकिर गरेका छन् ।

२४ घण्टे इमर्जेन्सी ल्याबलाई नयाँ सर्किजल भवनमा सारेर सेवाको दायरा फराकिलो पारिएको, मेडिकल भवनमा पनि नयाँ आन्तरिक फार्मेसी थपिएको र हाल ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको उनले दाबी गरेका छन् ।

निर्देशक डा.पौडेलले उल्लेख गरेका सुधारका कार्य

१. कार्यभार सम्हाल्दाको पहिलो निर्णय ‘डा केडी जोशी बर्न सेन्टर’ सञ्चालनमा ल्याइएको, जसमा बर्न प्लास्टिक ओटी, आईसीयू तथा वार्ड ९१५ बेडको० रहेको । राष्ट्रियस्तरमै जलनको उपचारलाई निःशुल्क गर्न पैरवी गरेको ।

२. सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आएको । सम्पूर्ण सर्जरीका वार्ड, ओटी, आईसीयु सर्जिकल भवनमा सरिएको ।

३. विशिष्टीकृत वार्डहरू सञ्चालनमा ल्याइएको ।⁠ ज्येष्ठ नागरिक वार्ड, न्यूरो इन्डो, चेस्ट वार्ड, हेपाटोलोजी वार्ड, हेमाटोलोजी वार्डजस्ता विशेष वार्ड सञ्चालनमा आएको ।

४. विभिन्न विधाका विशिष्टीकृत सघन उपचार कक्षहरू सञ्चालनमा ल्याएको ।

५. ब्लड सेम्पल कलेक्सन काउन्टरलाई खुला र सजिलो ठाउँमा सारेर व्यवस्थित गरेको । जसले गर्दा भिडभाड व्यवस्थित भएको । बिहान ७ बजेदेखि नै ब्लड सेम्पल कलेक्सन सेवा सुरु गरिएको छ ।

६. ओपीडी बिहान ८ ः३० देखि नै सञ्चालन गरिएको छ । हाल ८ः३० देखि नै सुरु हुने कार्यालय समय पालनालाई कडाइ गरिएको । सेवा समयलाई आधार मानी सेवा विस्तार भत्ता उपलब्ध गराइएको ।

७. ⁠कवाडी सामानको लिलाम गरेको । १ करोड ६१ लाखमा कवाडी टेन्डरको टुङ्गो लागि हटाउन सुरु गरिएको ।

८. ⁠प्रत्येक आइतबार रक्तदान कार्यक्रम सुरु गरेको ।

९. फार्मेसी सेवाको टेन्डरलाई नेपालमै नयाँ ढंगले व्यवस्थित गरेको । पछिल्लो ६ महिनामा अस्पतालले ८ करोडभन्दा बढी मुनाफा गर्न सकेको । ⁠⁠सर्जिकल भवनमा फार्मेसी थप गरिएको ।

१०. इमर्जेन्सीमा ट्राइएज सिस्टम लागू गरिएको छ साथै रेड जोन, यलो जोन र ग्रीन जोन गरी सेवा प्राथमिकीकरण गरिएकाले यसले सेवाको गुणस्तरमा फट्को मारेको छ ।

११. २४ घण्टे इमर्जेन्सी ल्याबलाई नयाँ सर्जिकल भवनमा सारिएसँगै सेवाको दायरा फराकिलो पारिएको छ ।

१२. ⁠ओपीडी तथा आकस्मिक कक्षका शौचालयको मर्मत सम्भार गरिएको । बन्द शौचालयहरू मर्मत गरी पुनः प्रयोगमा ल्याइएको । सर्जिकल भवनका भुइँतलाको साथै अधिकांश शौचालय सर्वसाधारणका लागि खुला गरिएको छ, जुन पहिले बन्द थिए ।

१३. महानगरपालिकाले भत्काएको पुराना फार्मेसीका सटरको भग्नावशेष सरसफाइ गरी बगैँचा बनाइएको छ । अस्पताल वरिपरि सरसफाइ र बगैँचा निर्माण ।

१४. ⁠सामाजिक सेवालाई भुई तलामा सारेर सेवाग्राही मैत्री बनाइएको छ । ⁠स्वास्थ्य बीमाको काउन्टर थप गरिएको । ⁠कुन सेवा कहाँ छ भनेर सेवाग्राहीले बुझ्ने गरी भित्ते लेखन गरेको ।

१५.प्रदेश सरकारहरूसँग कडा रोगको उपचार सम्बन्धी सम्झौता गरिएको । बिरामीले थप राहत पाएको ।

१६. ⁠टिकट काउन्टरहरू र बिलिङ काउन्टर तलापिच्छे थप गरेको साथै बिहान ७ बजेदेखि नै टिकट खुला गरेको । आलाइन टिकेटिङ सुरु गरी व्यवस्थित गरेको ।

१७. ⁠साँझको समय ४ देखि ८ बजेसम्ममा एक्टेन्डेड हेल्च सर्भिस सञ्चालन गरेको तर जनशक्ति अभावमा रोकिएको सो सेवा टोमोथेरापी र डेण्टल सेवाबाट पुनः सञ्चालनको तयारी गरिएको ।

१८. ⁠ओपीडीमा ह्वील चियर ट्रलीको व्यवस्था । भिजिटरहरू बस्नको लागि आरामदायी बेन्चको व्यवस्था गरिएको ।

१९.सार्वजनिक बिदामा पनि एमआरआई सेवा सुरु गरिएको । अस्पतालमा लामो समय पालो कुर्नु परेमा निजी संस्थासँगको सहकार्यमा वीरकै दररेटमा सेवा सुनिश्चित गरिएको ।

२०. सबै कर्मचारीको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । ⁠अप्रेसन थिएटरमा सबैलाई खाजाको व्यवस्था ।⁠ सर्जिकल भवन लगायत विभिन्न ठाउँमा कर्मचारीको लागि ई–हाजिरी मेसिन राखिएको ।

२१. आरोग्य क्लिनिक सञ्चालनमा ल्याइएको । ग्यास्ट्रो सर्जिकल ओपीडी हप्तामा २ दिनबाट ४ दिन बनाइएको । नयाँ पेन क्लिनिक सञ्चालनमा ल्याएको । प्लास्टिक सर्जरी र सीटीभीएस ओपीडी नयाँ स्थानबाट सुरु गरिएको । ⁠अङ्कोलोजी क्यान्सर ओपीडी तेस्रो तलामा व्यवस्थित गरिएको । टोमोथेरापी र मेमोग्राम जस्ता नयाँ सेवा सञ्चालनमा आएको । साईक्याट्रिक ओपीडीलाई पहिलो तलाबाट सञ्चालन ।

२२. भूकम्पपछि रोकिएका सम्पूर्ण सर्जरी सेवा सुचारु भएको । अर्थोपेडिक र प्लास्टिकको सर्जरी सेवा पनि वीर अस्पतालबाट पुनः सुचारु गरेको ।

२३. मुटुरोग विभागमा क्याथल्याब सेवा सुरु गरिएको । नियमित एन्जियोप्लास्टी सेवा सुचारु भएको ।

२४. इमर्जेन्सीको पुनर्निर्माण र पथ्य शाखाको निर्माणको कार्यको ठेक्का लागेर सम्झौता अगाडि बढेको । ६ महिनाभित्र ७५ बेडको स्मार्ट इमर्जेन्सी र फराकिलो अस्पताल चमेना गृह बन्ने ।

२५. सेवाको गुणस्तरका लागि एन्ठीमाइक्रोबिल स्टेवार्डसिप लागु गरेको । एकेडेमिक ग्राण्ड राउण्ड सुरुवात गरेको ।

२६. खरिद कार्यलाई व्यवस्थित गरिएको, लामो समयदेखि रोकिएका साल–बसाली हुनैपर्ने ठेक्कालाई नियमित गरेको । १० लाखभन्दा कमका खरिदमा पनि अनलाइन विधिबाट टेन्डर गरिएको ।

२७. अस्पतालको आन्तरिक आय आर्थिक वर्ष २०७९/८० मा ५४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा २५ करोड बढाएर ७९ करोड पु¥याइएको । यस वर्ष कमसे कम १ अर्ब पु¥याउने लक्ष्य रहेको ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...