View Point Long Banner Ad

बेवारिसे महिलाबाट जन्मेकी बालिकाको चार महिनापछि न्वारन

 

१६ माघ, दाङ । घोराहीको सडकमा अलपत्र फेला परेकी एक महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन गरिएको छ ।

मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा न्वारन गरी बालिकाको नाम ‘श्रद्धा’ राखिएको हो ।

 

गत साउन महिनामा घोराहीमा अलपत्र फेला परेकी महिलाको उद्धार गरी मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा राखिएको थियो । ती महिलाको स्वास्थ्य जाँच गर्दा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

एचआईभी पोजेटिभ ती महिलाले असोज २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्माएकी थिइन् । बालिकाको जन्म पछि पनि उनलाई लगातार २७ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । तर आमाको मानसिक सन्तुलनमा सुधार आएको छैन । स्वास्थ्य परीक्षणको क्रममा ती बालिकामा पनि यौन सम्बन्धी समस्या देखिएको छ ।

 

त्यसैले चार महिनापछि मात्रै मंगलबार माघ १५ गते मानव कल्याण समाज सेवा घरको प्रांगणमा न्वारन गरिएको हो । ‘छोरीको न्वारन भइरहँदा भित्र रहेकी आमालाई कुनै सरोकार थिएन किनकि उनको मानसिक सन्तुलनमा प्रगति भएको छैन ।

आफूहरुले आमा–छोरी दुवैलाई स्याहार सुसार र उपचार गरिरहेको सेवा घरकी कार्यक्रम संयोजक सुस्मिता मानवले बताइन् । उनका अनुसार नाम–ठेगाना केही खुलेको छैन । ‘आमाको नै पहिचान नभएपछि बाबुको झन् पहिचान हुने कुरै भएन,’ संयोजक सुस्मिता मानवले भनिन् ।

मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलका अनुसार बेवारिसे अवस्थामा फेला परेकी ती महिलालाई ‘सोनिया’ नाम दिएर संरक्षण गरिरहेको छ । उनको बोलीमा हिन्दी लबज मिसिन्छ । ती महिलाले केही अंग्रेजी शब्द पनि उच्चारण गर्छिन् । त्यसैले उनी पढेलेखेकी हुनसक्ने पोख्रेल बताउँछन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् दाङ क्षेत्र नम्बर दुईकी सांसद रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सामूहिक न्वारन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले यति धेरै सडकआश्रित मानवको स्याहार र संरक्षण गर्नु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै अलपत्र गर्भवती महिलाको उद्धार गरी बालिकाको नयाँ जीवन आरम्भ गराउनु थप पुण्यको काम भएको बताइन् ।

मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र परेकी महिलामाथि समेत यौन दुव्र्यवहार गर्न पछि नपर्ने अपराधिक प्रवृत्तिलाई परास्त गर्नु समाजकै दायित्व भएको बताइन् । आफूले सेवा घरसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताइन् ।

यसैबीच सेवा घरको सञ्चालनलाई सहज बनाउन माघ १८ गतेदेखि महायज्ञ लगाइने भएको छ । महायज्ञको तयारी पूरा भएको संयोजक चन्द्रराज पन्तले जानकारी दिए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...