काठमाडौँको असनचोकमा रहेको पसलको गोदाममा आगलागी
काठमाडौँ । असन चोकमामा रहेको एक इलेक्ट्रोनिक्स पसलको गोदाममा आगलागी भएको छ।
असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको सुनिल तुलाधरको घरमा बिहीबार दिउँसो साढे ३ बजेतिर आगलागी भएको हो।
आगलागी लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेका थिए।
अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता पूर्णिमा चन्दले बताइन्।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।
वि.सं.२०८१ माघ १० बिहीवार १७:०६
















