View Point Long Banner Ad

अखिल क्रान्तिकारीमा आज उम्मेदवारी दर्ता, सहमतिको प्रयास पनि जारी

८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ ।

नयाँ कार्यसमिति चुन्न उम्मेदवारहरुबीच माघ १२ गते निर्वाचन गर्ने तालिका छ ।

गत असोज १० देखि १४ गतेसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । त्यसैले अहिले बल्ल नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो ।

 

अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवाद निर्वाचनमार्फत् टुंगो लगाइएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले अहिले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

सहमतिको प्रयास पनि जारी

निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् । फ्र्याक्सन इञ्चार्ज शर्माले निर्वाचन प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि भइरहेको बताए ।

सहमतिको प्रयासमा उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इञ्चार्ज शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंहसहित अध्यक्षका दाबेदार नेताहरुबीच छलफल हुँदै आएको छ । सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । तर सहमति जुटेको छैन ।

नेतृत्वमा अखिल क्रान्तिकारीमा नेतृत्वमा पुग्न गुटगत प्रतिस्पर्धा छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा निकटका नेताहरुले राजनीतिक लबिङसहित रस्साकस्सी जारी राखेका छन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...