View Point Long Banner Ad

रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी

४ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

 

रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।

हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्यौं । उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

 

जिल्ला प्रशासन कार्यालय कास्कीका अर्का एक अधिकारीले पनि त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको बताएका छन् । ‘यस सम्बन्धमा जिम्मेवार अधिकारीलाई बुझ्न र वास्तविकता पत्ता लगाउन भनिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा जिल्ला प्रशासन कार्यालयका ती अधिकारीले बताए।

उनका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ ।

तर रास्वपाका एक कार्यकर्ता डा। निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।

रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । उनले ‘सामाजिक सन्जालमा कतै पाएर’ त्यो फोटो आफूले फेसबुकमा पोष्ट गरेको बताएका छन् । सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको आरोप उनको छ । उनको प्रश्न छ, ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला रु’

कानुनी रुपमा दण्डनीय

कानुनका जानकारहरुका अनुसार यसरी कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’

जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोका सन्दर्भमा साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्ने बताए ।

‘यो फोटो कहाँको हो, कसको हो, कसले खिच्यो, कसरी खिच्यो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । यदि फोटोमा देखिएको व्यक्ति नेपाली नै हो, नेपालकै हो भने साइबर क्राइम आकर्षित हुन्छ’ ती अधिकारीले भने, ‘त्यसका लागि आवश्यक अनुसन्धान र कारबाही गर्न भनिसकिएको छ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...