View Point Long Banner Ad

कास्की प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन, सहकारी ठगी, तीन कसुरमा दोषी किटान

 

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले लामो अनुसन्धान प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएकको छ।

कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष,आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

रवि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा रवि दोषी भएको जिकिरसहित प्रतिवेदन बुझाएको प्रहरीको भनाइ छ।

रवि गएको कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित ४० जनाविरूद्ध प्रहरीले पूरक अभियोगपत्र अदालतमा दायर गर्नुपर्ने राय सरकारी वकिललाई दिएको छ।

साथै, संगठित अपराधमा मुख्य योजनाकारका रूपमा रविका साथै उनका व्यावसायिक साझेदारहरू जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई किटान गरिएको छ।

सम्पत्ति शुद्धीकरणमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन प्रहरीले राय दिएको राय छ।

प्रहरी प्रतिवेदन अध्ययनपछि सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गर्नेछ। पुस ५ गतेभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ।

सम्पत्ति शुद्धीकरणमा पक्राउ परेको ९० दिनभित्र अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

यसै प्रकरणमा रविका साझेदार छविलाल बन्जाडेलाई गत असोज ६ गते काठमाडौँबाटै पक्राउ गरी पोखरा लगिएको थियो। त्यही दिनबाट गणना गरी म्याद मिलान गरिएकाले पुस ५ भित्र मुद्दा चलाइसक्नुपर्ने भएको हो।

यसबीचमा रविलाई रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्ज लगेर पनि बयान लिइएको थियो। रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धान गरिएको हो।

यी पाँचवटा सहकारीबाट करिब ६८ करोड रुपैयाँ गैरकानुनी रुपमा गोरखा मिडियामा परिचालन गरी संगठित तवरले ठगी गरेको प्रहरीको निष्कर्ष छ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...