क्रियाशील सदस्यबाट सभापतिकै नाम हटाइएपछि ,,,,,,,
नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन सुरु हुने छाँटकाँट देखिएको छैन
डडेल्धुरा, २२ भदौ
अमरगढी नगरपालिका–९ का कांग्रेस सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै उनले कांग्रेसको किरिया गरेका हुन्।
सोमबार उनले आफ्नो कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन् ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
आइतबार सार्वजनिक भएको कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ।
सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन सुरु हुने छाँटकाँट देखिएको छैन। नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका बिभिन्न चार तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको छ।
कार्यसमितिले २ हजार ५०६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८०४ जनाको सूची सिफारिस गरेको थियो। जसमध्ये ४४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ।
वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४०० भन्दा बढी सदस्यको नाम हटाइएको जानकारी उनले दिएका छन ।
उनले जिल्लाबाट सिफारिस गर्दै नगरेकाहरूको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको बताएका छन।
वि.सं.२०७८ भदौ २२ मंगलवार १९:५६
















