View Point Long Banner Ad

हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र

 

काठमाडौँ । हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्‍याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’

उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्‍यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।

लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको प्रसाईंको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् ।

उनले आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...