View Point Long Banner Ad

दल विभाजन अध्यादेशको तयारीले एमालेमा हलचल : पार्टी फुटाउँने षड्यन्त्र विफल पार्न नेता-कार्यकर्तालाई ओलीको अपिल

काठमाडौं । सरकारले एमालेलाई फुटाउने योजना सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ।

संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर दुईमध्ये एकमा २५ देखि ३० प्रतिशत भए पुग्ने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार लागेपछि एमालेमा हलचल भएको छ।

अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुलाई बालकोटमा बोलाएर बैठक गरेका थिए। पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरूसँगको बैठकपछि ओलीले सोमवार राति नै दुई पृष्ठ लामो पाँच बुँदे विज्ञप्ति निकालेका छन्।

उनले उनले एमाले विभाजित गरेर कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने गम्भीर षड्यन्त्र भइरहेको पनि दाबी गरेका छन्।

एमाले विभाजित गर्ने र कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने गम्भीर षड्यन्त्र भइरहेको छ, सोमबार राति निकालेको वक्तव्यमा ओलीले भनेका छन्।

उनले संसदको चालु अधिवेशन पूर्व घोषित प्रतिवद्धता विपरीत सरकारले हठात अन्त्य गरेर एमाले फुटाउने योजनामा अघि बढेको पनि बताएका छन्।

पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ, उनले भनेका छन्।

उनले एमाले र संसदीय दलमा विभाजन ल्याउने षड्यन्त्र मान्य नहुने पनि बताएका छन्।

नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुने छैन, उनले भनेका छन्, तसर्थ पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गर्छु।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...