सरकारले गन्तव्यहिन बजेट ल्यायोः योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट गन्तव्यहिन भएको बताएका छन्। संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले यो बजेट चौबाटोमा उभिएको र गन्व्यहित रहेको बताएका हुन्।
उनले यो बजेटले मुलुकलाई हित नगर्ने स्पष्ट पारे। भट्टराईले भने, ‘यो बजेटको प्राथमिकता, गन्तव्य कता हो भनेर प्रश्न उठाइरहेका छौं। यो बजेट चौबाटोमा उभिएको छ। माओत्सेतुङ र मार्क्सको गन्ध आउँछ। यो बजेटको कुनै गन्तव्य छैन। ’
वि.सं.२०७९ जेठ १७ मंगलवार १४:१४
















