कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने थलो संसद होइनः पूर्वसभामुख
पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् । संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गरिन् ।
उनको संकेत प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित थियो । सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले बिहीबार सत्ता गठबन्धनविरुद्ध तीन घण्टा लामो राजनीतिक मन्तव्य दिएका थिए ।
वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:१०
















