View Point Long Banner Ad

नेपालमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माणका लागी सर्लाही सर्वोत्तम विकल्प हुनसक्छ: नेता चन्द्रभुषण साह

सर्लाहीमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माण गर्नका लागी नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले नेपाल सरकार सहित सबै सरोकारवाला पक्षहरुको गम्भीर ध्यनाकर्षण गराएका छन् ।

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणको चाप दिनानुदिन बढ्दै गएको स्थितिमा काम चलाउ विकल्पको रुपमा रहेको गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको भएतापनि यसको मुख्य विकल्प हुने ठानिएको निजगढ अन्तर्राष्ट्रीय विमानस्थलको (International Transit Hub) निर्माण कार्यमा वातावरणीय प्रभावका कारण देखाउदै सम्मानित सर्वोच्च अदालतले रोक लगाई दिएपछि यसको सबैभन्दा भरपर्दो, व्यवहारिक एवं वैज्ञानिक (वस्तुवादी) विकल्प सर्लाही मात्र हुन सक्ने नेता साहको ठहर रहेको छ ।

त्यसैले उनले, सर्लाही जिल्ला स्थित सागरनाथ बन परियोजना अन्तर्गत रहेको हरियो बन रहित क्षेत्रमा प्रस्तावित अन्तर्राष्ट्रीय विमानस्थल निर्माण कार्यका लागी तत्काल सम्भाव्यता अध्ययन गरी निर्माण कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन नेपाल सरकारसंग जोडदार माग समेत गरेका छन् ।

नेता साहले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सर्लाहीमा निर्माण गर्नुपर्ने भनिएको ऐतिहासिक एवं विशेष रणनीतिक महत्वको अन्तर्राष्ट्रीय विमान स्थल निर्माण कार्यलाई सफल बनाउन देशका पत्रकार, नेता, नागरिक अगुवा, राष्ट्र सेवक कर्मचारी, बुद्धिजीवी, शिक्षक, युवा, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न सबै व्यक्तिहरुलाई जोडतोडका साथ आ(आफ्नो स्थान र स्तरबाट उल्लेख्य योगदान एवं भूमिका निर्वाह गर्न हार्दिक अनुरोध–अपिल समेत गरेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...