View Point Long Banner Ad

भरतपुर महानगरमा भयो एमाले–राप्रपाबीच चुनावी तालमेल

चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरे ।

‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुनेछन्’, पाण्डेले रातोपाटीसँग भने । एमालेले तालमेलका लागि हात अघि बढाएपछि राप्रपा उपमेयरसहित वडाअध्यक्षका उम्मेदवार तय गर्न छलफलमा जुटेको छ । नेता पाण्डेले अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको उनले बताए ।

एमालेले भरतपुरको महानगरमा यसअघि नै प्रदेश सांसद समेत रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...