गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को नाम सिफारिस गरेको छ ।
प्रदेश कमिटि सदस्य तथा गण्डकी गाउँपालिका इन्चार्ज समेत रहेका साकारलाई गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। गठबन्धन दलहबिच चुनावी तालमेलको बारेमा छलफल भइरहेकोले उपाध्यक्षमा भने नाम सिफारिस भएको छैन् । यसअघि निर्वाचनमा तिमिल्सेना झिनो मतअन्तरले काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १८:०८
















