View Point Long Banner Ad

विद्यालयले सीपको सर्टिफिकेट दिन सक्नुपर्छ ः उपप्रधानमन्त्री सिंह

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सिपयुक्त शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।

शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टिफिकेट पनि दिन सक्नुपर्ने बताए ।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै उनले अब त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेष गरी माध्यमिक तहको शिक्षामै बढी ध्यान दिन पनि उनले आग्रह गरे ।

‘शैक्षिक गुणस्तर सँगसँगै समयको मागबमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं । यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’

त्यस्तै उपप्रधानमन्त्री सिंह शनिबार नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका छन् । सो कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन पार्टी संगठन विधि र नियमअनुसार चलाउनुपर्ने बताए ।

कांग्रेस पूर्वमहामन्त्री समेत रहिसकेका सिंहले पार्टीभित्र मतभेद भए पनि कांग्रेसको नीति, विचार, सिद्धान्तलाई जनतामा पुर्याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...