View Point Long Banner Ad

‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघ मातहत नराखियोस्’

३ पुस, काठमाडौं । गण्डकी प्रदेश लोक सेवा आयोगले संविधान प्रतिकुल हुने गरी संघीय निजामती ऐन नबनाउन आग्रह गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विभिन्न सुझाव पठाउँदै आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत हुने गरी व्यवस्था गर्न भनेको हो ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हाल राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।

प्रस्तावित विधेयकमा १० वर्षसम्मका लागि प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारीबाट खटाउने व्यवस्था छ । यस्तो प्रस्ताव पास गरिए नेपालको संविधान, संघीयताको मूल मर्म र भावना प्रतिकुल हुने गण्डकी प्रदेश लोक सेवा आयोगको ठहर छ ।

 

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १० र दफा ११ मा प्रदेश सचिव तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश तथा स्थानीय तहको कानून नबनेसम्मका लागि संघीय निजामती सेवाको कर्मचारी खटाउने प्रावधान छ ।

यसरी विगत ६ वर्षदेखि प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघ मातहत रहँदै आएको उल्लेख गर्दै आयोगले कानुन बनेपछि पनि अर्को १० वर्षसम्म संघ मातहत रहने प्रावधान राखिए त्यो संवैधानिक रुपमा रहेको स्पष्ट व्यवस्थाको प्रतिकूल हुने बताएको छ ।

‘‘प्रशासनिक संघीयताको मूल्य मान्यता विपरीत हुनुका साथै हालसम्म समायोजन भएका तथा लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासको अवसरमा नकारात्मक प्रभाव पर्ने, पदसोपान समेत नमिल्ने र प्रदेश तथा स्थानीय तहप्रति जिम्मेवारी, जवाफदेहिता तथा उत्तरदायित्व बहन नहुने भएकाले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत हुने गरी व्यवस्था गर्नुपर्ने’ आयोगले राज्य व्यवस्था समितिलाई पठाएको सुझावमा उल्लेख छ ।

प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको स्वयम् प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय सरकार प्रमुख वा अध्यक्षलाई जानकारी नहुने अवस्था विद्यमान रहेको आयोगले बताएको छ ।

प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको पदपूर्तिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्री, सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतको कार्यकक्षमा धाउनुपर्ने अवस्था विद्यमान रहेको स्मरण गराइएको छ ।

यी समस्या र वर्तमान अवस्था देखाउँदै आयोगले दोहोर्‍याएको छ, ‘‘यस्ता विकृति न्यूनीकरणका लागि समेत प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत हुने गरी संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने ।’

यसअघि प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरुको पोखरा भेलाबाट जारी ९ बुँदे घोषणापत्र जारी गरिएको थियो । सोही घोषणापत्र अनुसार गण्डकीको लोक सेवा आयोगले राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा ऐनमा आवश्यक व्यवस्थाका लागि सुझाव दिएको हो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...