View Point Long Banner Ad

थमन वि.क हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

 

७ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका( ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

प्रहरीले चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका (१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको थियो ।

दोस्रो मधेश आन्दोलनका बेला २५ भदौ २०७२ मा सई थमन विकको महोत्तरीमा हत्या भएको थियो ।

 

थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन कापरले भने गत वर्ष सफाइ पाएका थिए ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले गत वर्ष मंसिर २८ गते लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । पूर्वप्रदेश सांसद कौशलकुमार यादव सहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो । कौशलकुमार यादव गत असारमा पक्राउ परेका थिए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...