यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । यो समाचार तयार पार्दासम्म महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.७९ मिटर पुगेको छ ।
यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ६.७६ मिटरमा झरेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।
















