View Point Long Banner Ad

आफ्नै ल्यापटपमा अधिकृतको परीक्षा

काठमाडौं । वैदेशिक रोजगार बोर्डमा अधिृकतको विवादास्पद परीक्षा सञ्चालनमा दातृ संस्थाको समेत संलग्नता भेटिएको छ ।

हेल्भेटास स्वीस इन्टरकोअपरेसनको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)का प्रतिनिधि (पर्यवेक्षक) समेतको रोहबरमा परीक्षार्थीलाईआफ्नै ल्यापटपमा परीक्षा लिएकोखुलेको हो ।

बोर्डले सञ्चालन गरेको सो परीक्षाका क्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजना डेपुटी टिम लिटर मनु पन्थी परीवेक्षकको रुपमा उपस्थित थिइन् ।

पन्थीले दातृ निकायका प्रतिनिधिको रुपमा परीक्षाको स्वच्छता कायम गर्ने भूमिका खेल्नुपर्नेमा मुकदर्शक भएर बसेको पाइएको छ । उनी लिखित परीक्षा, प्रस्तुतीकरण र अन्तर्वार्ताका क्रममा पदपूर्ति समितिका संयोजक र सदस्यसँगै बसेकी थिइन् ।

सामी बोर्डमा रहने रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतका लागि स्रोत उपलब्ध गराउने स्वीस सरकारको सहयोगमा चलिरहेको परियोजना हो ।बोर्डमा रहने अधिकृतका लागि स्रोत उपलब्ध गराउने सम्झौता नहुँदै परीक्षा लिन सामीले सहमति दिएको थियो ।

बोर्डले अपारदर्शी ढंगले ३ जना कार्यक्रम अधिकृत र २ रेस्क्यु एण्ड रिपेट्रियसन अधिकृत छनोट गरेपछि विवाद भइरहेको छ । पदपूर्ति समिति संयोजकसमेत रहेका बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले आफ्नै आफन्त सुष्मिता प्रसाईंलाई नै परीक्षामा पास गराएर नियुक्ति दिलाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र केही बोर्ड सदस्यको रोजाइका मान्छे अधिकृतका लागि छनोट भएका छन् ।

बोर्डका निर्देशक टीकाराम ढकाल र श्रम मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेल सदस्य रहेको पदपूर्ति समितिले मिलेमतोमा प्रश्नहरु दिएर पहिल्यै आउट गरेको आशंका परीक्षार्थीहरुको छ । छनोटका लागि तयार गरिएका व्यक्तिहरुलाई ल्यापटपमा उत्तर समेत तयार गरेर ल्याउन छुट दिएको आशंका उनीहरुको छ ।

परीक्षामा पदपूर्ति समितिका अधिकारीहरुसँगै परीक्षा सुपरीवेक्षण गर्न सामीबाट प्रतिनिधि आएपनि परीक्षा सञ्चालनमा अपारदर्शी प्रक्रिया अपनाइएको विषयमा संस्था मौन बसेको छ ।

‘यसमा सामीको समेत मिलेमतो समेत छ’, एक परीक्षार्थीले भने, ‘परीक्षा हलदेखि अन्तर्वार्तासम्म सामीबाट प्रतिनिधिहरु बसे, ल्यापटप समेत परीक्षार्थीकै प्रयोग भएको परीक्षा सामीले चाहेको भए तुरुन्तै रोकिन्थ्यो ।’

बोर्डकै कर्मचारीहरु पनि सामीको साथ नपाई यस्तो नतिजा निकाल्नै नसकिने बताउँछन् । ‘सामीबाट मनु पन्थीजीले परीक्षाको सुरपरीवेक्षण गर्नुभएको हो, उहाँलाई पदपूर्ति समितिले आमन्त्रित गरेको थियो’, बोर्ड स्रोतले भन्यो, ‘जसरी परीक्षा सञ्चालन भयो, उहाँले कुनै आपत्ति जनाउनुभएन, अंक दिने भूमिका नभएपनि उहाँको सहमतिबिना कार्यकारी निर्देशक र मनत्रीका मान्छेहरु छानिने अवस्था नै थिएन ।’

सामी परियोजनाका टिम लिडर सीता घिमिरे बोर्डको परीक्षाबारे भएको विवादबारे गोलमटोल जवाफ दिन्छिन् । पदपूर्तिको निर्णयमा सामीकी प्रतिनिधि पन्थीको हस्ताक्षर नभएको उनले बताइन् । ‘त्यसमा हाम्रो संलग्नता र सहमति पटक्कै छैन’, उनले भनिन्, ‘निर्णय गर्ने बैठकमा हाम्रो प्रतिनिधि हुनुहुन्न । तयारी गर्ने बेलामा र क्राइटेरिया बनाउने बेलामा मात्रै हाम्रो भूमिका थियो ।’

परीक्षामा पन्थीले सुपरीवेक्षण गरेको भने घिमिरेले स्वीकार गरिन् । तर, परीक्षाको नतिजामा भने आफ्नो प्रतिनिधिको हात नरहेको उनको दाबी छ । ‘त्यहाँ सही किन गरेन भनेर बुझ्नुस् न’, घिमिरेले भनिन् । परीक्षाको नतिजामा सामीकी प्रतिनिधिले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो त ? भन्ने प्रश्नमा घिमिरेले अघि भनिन्, ‘असहमति पक्कै पनि थियो, तर उहाँ निर्णय दिने भूमिकामा नै हुनुहुन्थेन ।’

आफ्नै ल्यापटपमा आपरदर्शी परीक्षा चलाएको विषयमा सामीलाई डेपुटी टिम लिडरले संस्थामा जानकारी नगराएको उनले स्वीकारिन् ।
‘हाम्रो भूमिका यसमा हुँदैन, हामीले इएन्फ्लुयन्स गर्न सकिन्छ कि भनेर प्रयास गर्ने हो’, घिमिरेले भनिन्, ‘नतिजामा हाम्रो हात छैन ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...