विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार
विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुई बालक भागेका छन् । कानुनी विवादमा जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो पर्खाल नाघेर भागेका हुन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक फरार भएका हुन् । दुवैको उमेर १६ वर्ष छ । भागेका बालक सुनसरीका हुन् ।
वि.सं.२०८१ भदौ ४ मंगलवार १९:४९
















