View Point Long Banner Ad

प्रहरी बिटभित्रै बालिका बलात्कृत

प्रहरी बिटभित्रै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो ।

हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी बालिकालाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ ।

घटना गत २९ असारको हो । सुरुमा दुईजना प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर बालिका र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए । त्यसको केही समयपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थानमा पुगेका थिए । त्यहाँबाट उनले दुवैजनालाई पक्राउ गरी बिटमा लगे । युवकलाई छाडेर बालिकालाई बिटभित्रै रहेको कोठामा राखी बलात्कार गरेको भन्दै मुद्दा दायर भएको हो ।

हवल्दार श्रेष्ठले आरोप अस्वीकार गरेका थिए । तर, पोलिग्राफ परीक्षणमा उनले झुटो बोलेको भनेर प्रतिवेदन आएको छ । गत २५ साउनमा जिल्ला अदालत, भक्तपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलले हवल्दार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका छन् ।

पीडित बालिकाले घटनाको भोलिपल्ट आफू पढ्ने विद्यालयका शिक्षकलाई त्यसबारे बताएकी थिइन् । त्यसपछि शिक्षककै पहलमा भोलिपल्ट प्रहरीमा उजुरी परेको हो । अनुसन्धानका क्रममा घटना साँचो देखिएपछि ३० असारमै उनलाई पक्राउ गरी मुद्दा दायर भएको हो ।

पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती बालिकालाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए । बिटमा रहेको बेडको तन्नासमेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा उल्लेख छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...