View Point Long Banner Ad

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को ग्रेड वृद्धि अर्थात पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

यसअघि परीक्षाफल सार्वजनिक गरिएको दिन बोर्डका अध्यक्ष प्रा। डा। महाश्रम शर्माले दुई विषयमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए ।

तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई पनि परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको हो ।

साउन २३ गते सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसैवर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ ।

गत बिहीबार प्रकाशित एसईईको नतिजा अनुसार नन ग्रेडेड अर्थात् अनुत्तीर्ण दुई लाख ४२ हजार ३ सय १३ विद्यार्थी पुनः परीक्षामा सहभागी हुन पाउने भएका छन्। बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...