कपिलवस्तुमा श्रीमान्–श्रीमती मृत फेला
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत भेटिएका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ ।
६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरीका अनुसार मृतक श्रीमान् भर्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् ।घटनाको अनुसन्धान भइरहेको छ ।
वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३४
















