एनसेल टावरमा कुकर बम विस्फोट
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।
बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
वि.सं.२०८० चैत २९ बिहीवार १२:२२
















