नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको खेल आज हुदै
काठमाडौं । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुने भएको छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुने छ ।
यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने, अन्तिम खेल नेपाल ए ले जितेको थियो ।
अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।
वि.सं.२०८० चैत २१ बुधवार ०६:४६
















