View Point Long Banner Ad

नेपालमा रहेर अवैध काम गर्ने ३५ सय विदेशी निष्कासित

काठमाडौं । नेपालमा रहेर विभिन्न आपराधिक कार्य गर्नेसहित ३५ सयभन्दा बढी विदेशीलाई सरकारले निष्कासन गरेको छ। अध्यागमन विभागले नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५ सय ७६ विदेशीलाई निष्कासन गरेको हो।

अध्यागमन विभागले विदेशीहरूको प्रवेश र प्रस्थानलाई नियन्त्रित गर्दै आइरहेको छ। विभागले विदेशीहरूको अनुगमन तथा अध्यागमन र अपराध नियन्त्रण गर्ने क्रममा पछिल्लो ६ वर्षमा ३५ सय ७६ जना विदेशीलाई नेपालबाट निष्कासन गरेको अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले बताए।

विदेशबाट नेपालमा आएर गैरकानुनी रूपमा धर्म प्रचार गर्ने र धर्म परिवर्तन गराउने विदेशीका खोजीको विषय चुनौतीपूर्ण रहेको विभागका अधिकारीहरूको भनाइ छ।

विभागका अनुसार विभिन्न अपराध कर्म गरेर निष्कासनमा पर्नेमा संगठित अपराध गर्नेदेखि, यौनदुराचारी तथा यौनअपराधमा संलग्न तथा विभिन्न तस्करी धन्दामा संलग्न विदेशी नागरिक छन्।

निष्कासनमा पर्नेमा जालसाजी गर्ने, लागु औषध दुव्र्यसनी, विदेशी मुद्रा विनिमयमा ठगी गर्ने र अपहरणमा संलग्न भएका लगायत छन्। अहिले पनि मुलुकका कतिपय भूभागमा विभिन्नखाले अपराध कार्यमा संलग्न विदेशीहरू रहेको अध्यागमन अधिकारीहरूले बताएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०१७ देखि २०२३ सम्मको अवधिमा ती विदेशीहरू निष्कासित भएका हुन्। जसअनुसार सन् २०१८ मा सबैभन्दा बढी ६ सय ७८ जना विदेशी निष्कासनमा परेका थिए । यसै गरी गत वर्ष सन् २०२३ मा मात्रै ४ सय ५८ जना विदेशीहरू निष्कासनमा परेका थिए । निष्कासनमा पर्नेमा सन् २०१७ मा ५ सय ५९ , सन् २०१९ मा ६ सय ७१, सन् २०२० मा ३ सय ३२, सन् २०२१ मा ३ सय ८, र सन् २०२२ मा ५ सय ७० जना रहेका छन् ।

निष्कासन हुनेमा २०२३ मा चीनका मात्रै २ सय ९ जना रहेका थिए । यसै गरी सोही अवधिमा निष्कासन गरिएका अन्य देशका नागरिकहरूमा अमेरिकाका ३७, बंगलादेशका १९, बेलायतका १८, श्रीलंकाका ११, पाकिस्तानका १०, स्विडेनका १०, अफगानिस्तानका ९, जर्मनीका ८ र दक्षिण कोरियाका ७ जना रहेको अध्यागमन विभागले जनाएको छ ।

विदेशी नागरिकहरू खासगरी धर्म प्रचार, धर्म परिवर्तन, मानव बेचबिखन, लागु औषध कारोबारजस्ता गैरकानुनी कार्यमा सलग्न हुने गरेको र यसमा पनि धर्म प्रचार गर्ने कार्यको नियमन चुनौतीपूर्ण रहेको विभागका महामनिर्देशक निरौलाले जनाए ।नेपाल समाचारपत्रबाट


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...